२०८१ जेठ ५ , शनिवार

धेरै धुवाँको मुस्लो फाल्ने गाडीलाई ६ लाखसम्म जरिवाना तिराउने महानगरको चेतावनी

car pollution

सुनाखरी न्युज /  काठमाडौं । काठमाडौं महानगरपलिकाले धुँवाको मुस्लो फाल्ने सवारी साधनलाई जरिवाना तिराउने भएको छ ।महानगरले सूचना निकालेर मापदण्ड विपरीत प्रदूषण सिर्जना गर्ने गाडीधनीलाई ३ लाख रुपैयाँसम्म जरिवाना गरी २ महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ ।

 

दिएको आदेश बमोजिम कार्य नभएमा जरिवानाको तेब्बर अर्थात् ६ लाख रुपैयाँ जरिवाना गराउने सूचनामा उल्लेख छ ।महानगरपालिकाले आज एक सूचना जारी गदै आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरुको वायु प्रदुषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ उपदफा ९४० मा व्यवस्था भए अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाई तीन लाख रुपैंयासम्म जरिवाना गरिने उल्लेख गरेको छ ।

 

साथै दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न समय दिने र दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने महानगरपालिकाले जनाएको छ ।