२०८१ बैशाख २३ , आइतवार

सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

Capture

सुनाखरी न्युज/ काठमाडौं । मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।

May be an image of 6 people, ambulance, car and text

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो ।

May be an image of 10 people
कोशी प्रदेशको मुख्य नाका रहेको बिराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोली परिचालन गरी सिमा नाकामा आवत जावत गर्ने संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गर्न सुरु गरिएको हो ।

May be an image of 13 people, ambulance and text
तस्बिर: कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर को फेसबुक पेजबाट