२०८१ बैशाख २० , बिहिवार

यो साता पनि सुनको मूल्यमा गिरावट, अमेरिकी डलरको विनिमय दरमा देखिएको उकालो यात्रा भने रोकियो

Gold

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी बजारमा सुनको विक्री (Selling Pressure) कायमै रहँदा यो साता पनि विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । बिश्व बजारमा सुनको Selling Pressure घट्नेक्रममा रहेको देखिएकोले आगामी दिनमा भने गिराावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन् । विगत लामो समय देखि निरन्तर मजवुत बन्दै गएको अमेरिकी डलरको विनिमय दर भने यो साता केही कमजोर बनेको छ । अमेरिकी डलरको विनिमय दर थप कमजोर वन्दै गएको खण्डमा त्यसको प्रभाव सुन बजारमा देखिन सक्ने अनुमान बिश्लेषकहरुले गरेका छन् ।

नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९२ हजार ५ सय ९५ रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९१ हजार ९ सय ९० रुपैयाँमा झरेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । उहाँ

का अनुसार साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ६ सय ५ रुपैयाँले कम होे ।
यो साता नेपाली बजारमा चाँदीको मुल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन १ हजार १ सय ६६ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय २३ रुपैयाँमा झरेको छ ।