२०८१ बैशाख १७ , सोमवार

कजारिया रमेश टाईल्स लिमिटेडको लागि वित्तीय कन्सोर्टियम सम्झौता सफलतापूर्वक सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं । कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्प बीचको नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०:५० को संयुक्त लगानी कजारिया रमेश टाईल्स लिमिटेडले वित्तीय कन्सोर्टियम सम्झौताको सफलता पुर्वक समापन भएको घोषणा गरेको छ।

कम्पनीलेआफ्नो लगभग रु ४०० करोडको महत्वाकांक्षी परियोजनाको लागि रु ३०० करोडको पर्याप्त लगानी कोष सफलतापूर्वक प्राप्त गरेका छन् । योसम्झौता एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा नबिल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड लगायत अन्य तीन प्रमुख वित्तीय संस्थाहरु संगको सहकार्यमा भएको थियो । यो सम्झौतामा रमेश कर्पकाउपाध्यक्ष,  रोहित गुप्ता र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारीअधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका थिए।

नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने दूरदर्शी प्रतिबद्धताका साथ कजारिया रमेश टाईल्स लिमिटेडले नेपालमा टाइल उत्पादनको लागि ग्रीनफिल्ड परियोजना सुरु गरेका छन् । यो महत्वाकांक्षी उद्यम कजारिया सेरामिक्स, भारतको अग्रणी र विश्वको ७औं सबैभन्दा ठूलो टाइल उत्पादक संग ५०ः५० को संयुक्त लगानी उद्यमको रूपमा सञ्चालन गरिएको छ। यो परियोजना नेपाल भित्र उच्च गुणस्तरको कजारिया टाइल्स उत्पादन गर्न समर्पित रहनेछ ।नवलपरासी क्षेत्रमा अवस्थित अत्याधुनिक उत्पादन उद्योग ८० लाख–वर्ग–मिटरको उत्पादन क्षमताभएकोे नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन गर्ने उद्योग हुनेछ ।

 

आफ्ना उत्पादनहरूको विश्वव्यापी मापदण्डहरू अनुसार अतुलनीय गुणस्तर होस् भनी सुनिश्चित गर्नका लागि यस उद्योगमा उच्च गुणस्तरको अत्याधुनिक प्रविधिहरू समावेश गरिनेछ ।कजारिया रमेश टाईल्स लिमिटेडले नेपालबाट स्थानीय रूपमा उपलब्ध कच्चा पदार्थको उपयोग गर्ने, स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने र दिगो उत्पादन अभ्यासलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिन पाउँदा गर्व गर्दछ ।

 

कम्पनिको लक्ष्य उच्च गुणस्तरको प्राविधिक विशेषज्ञता मिश्रित उत्कृष्ट डिजाइनका कजारिया फ्लोर टाइलहरू नेपाली जनतामाझ सहज रुपमा उपलब्ध गराएर नेपाली जनताको जीवनलाई समृद्ध बनाउनु हो। यस संयुक्त उद्यमको प्राथमिक उद्देश्यहरू व्यावसायिक सफलता भन्दा माथि रहेको छ । यसको मूल लक्ष्य नेपाललाई टाइलको माग पूरा गरि आत्मनिर्भर बनाउने, स्थानीय जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने रहेको छ । कजारियाले गुणस्तर सेवा र नवीनतामा उत्कृष्टताका लागि विश्वव्यापी ख्याति कमाएको छ।

 

यस कन्सोर्टियम सम्झौताको वित्तीय पक्षहरूलाई अन्तिम रूप दिने क्रममा, उहाँहरूले आफ्नो कारखानाको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको जानकारी खुसीका साथ दिएका छन्। कजारियाका गुणस्तरीय उत्पदानहरु सबैका लागि लागि थप किफायती बनाउने लक्ष्य राखेका छन् ।यो मार्च २०२४ सम्ममा पूर्ण रूपमा कारखाना सञ्चालनमा आउने उहाँहरूको आशा छ। कजारिया रमेश टाईल्स लिमिटेड नेपालको टाईल्स र सेरामिक उद्योगको भविष्यलाई आकार दिन, राष्ट्रको विकास र समृद्धिमा योगदान पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।