२०८१ बैशाख १८ , मंगलबार

बजारमा चिनी अभाव भैरहेका वेला चिनी उद्योगसँग भने १९ हजार मेट्रिक टन चिनी मौज्दात !

chini

सुनाखरी न्युज/ काठमाडौं ।

बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल ९१८ हजार ८ सय १३ टन० चिनी भेटिएको विभाग स्रोतले दाबी गरेको छ ।

 

नेपाल चिनी उद्योग संघका अध्यक्ष तथा एभरेष्ट सुगर मिलका सञ्चालक शशीकान्त अग्रवालले आफूहरुसँग कोकाकोला कम्पनीले किनिसकेको ८–१० हजार मेट्रिक टन चिनीको मौज्दात रहेको दाबी गरे ।

 

चिनी कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल, जुस तथा कन्फेक्सनरी उत्पादन गर्ने डाबर नेपाल, पेप्सी र स्लाइस उत्पादन गर्ने बरुण बेभरेज र बिस्कुट उत्पादन गर्ने उद्योगले किनेर राखेको जानकारी उद्योगहरुले दाबी गरेका छन् । बजारमा चिनीको चरम अभाव भएपछि उत्पादन र बजार अवस्थाबारे अध्ययन गर्न विभागले एक समिति गठन गरेको थियो ।

 

विभाग स्रोतका अनुसार एभेरेष्ट, इन्दुशंकर र हिमालय सुगर मिलसँग सो परिमाणको चिनी फेला परेको हो । ‘आफूलाई चाहिने उच्च गुणस्तरको चिनी पहिले नै रकम भुक्तानी गरी पेय पदार्थ उत्पादन गर्ने उद्योग किनेको र चिनी उद्योगमै मौज्दात राखेको जानकारी पाइएको छ । तर, त्यो चिनी ति उद्योगमा नलगी सकेको जानकारी उद्योगहरुले दिएका छन्,’ स्रोतले भन्यो ।

विभागका अनुसार उद्योगलाई तत्काल चिनी नचाहिएको खण्डमा बजारमा पठाउन सकिने विकल्पका बारेमा अहिले छलफल भइरहेको छ ।

 

 

विभागले नै कोकोकोलासँग कुरा गरेर चिनी बजारमा पठाउनेबारे छलफल गर्ने बताएको जानकारी पनि उनले दिए । सरकारले भारतसँग जीटूजी ९सरकार–सरकार०मा खरिद गर्ने भनेको ५० हजार टन चिनी आएपछि उद्योगलाई दिनेगरी बजारको मागका लागि उद्योगको चिनी पठाउन सकिने विकल्पमा छलफल चलाएको विभाग स्रोतले बतायो ।

असार अन्तिम होलसेलमा ८० रुपैयाँ र खुद्रामा ९५ रुपैयाँ किलोमा कारोबार भइरहेको चिनीको मूल्य मूख्य चाडपर्व सुरु भएसँगै ह्वात्तै बढाइएको थियो । अहिले खुद्रा बजारमा चिनी प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ । पछिल्लो डेढ महिनायता चिनीको मूल्य प्रतिकिलो ५५ रुपैयाँले वृद्धि भएको हो ।