२०८१ बैशाख २३ , आइतवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनु भएको छ ।

 

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उहाँलाई कम्पनीको प्रबन्धनिर्देशकपदमाअर्को व्यवस्थानभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई काम काजगर्न तोकिएको छ । उहाँले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने आज (२०८० असोज १७गते)देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ ।

 

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटी बाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी बाट एम.ई. गर्नुभएको छ । उहाँले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्तिलिएर सेवाप्रवेश गर्नुभएको थियो भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्तिलिनु भएको थियो । उहाँ २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो ।

 

पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।