२०८१ बैशाख २२ , शनिवार

१६ बैंकले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुँदै

supreme court

सुनाखरी न्युज/ काठमाडौं । १६ वटा वाणिज्य बैंकहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ ।आज ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो, सो इजलाशमा यो मुद्दाको पेशी तोकिएको छ ।

 

नेपाल इन्भेष्‍टमेन्ट मेगा बैंक लिमिटेड दरबारमार्गसहित १६ वटा बैंक सर्वोच्च पुगेका हुन् । यद्यपि, सरकारी लगानीका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक अदालत गएका छैनन् । त्यस्तै, एभरेष्ट बैंक पनि अदालत गएको छैन, यी बाहेक अन्य वटा १६ बैंकले अदालतमा मुद्दा दर्ता गरेका हुन्।यस अघि असोज १० गते यो मुद्दाको पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेर स्थगित भएको थियो ।

 

प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मलता माथेमा सम्मिलित संवैधानिक इजलाशमा पेशी तोकिएको हो । चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकमा आएको एफपीओ र मर्जरको आयमा कर व्यवस्था बदरको माग गर्दै १६ वाणिज्य बैंकले सर्वोच्च अदालतमा संयुक्त रिट दायर गरेका हुन् । अदालतमा २ वटा रिट दर्ता भएको छ, ७ वटा वाणिज्य बैंकले संयुक्त प्रिमियममा एफपीओ निष्काशन गर्दाको आयमा कर लिने व्यवस्था बदरको माग गर्दै रिट दायर गरेका हुन् ।