२०८२ फाल्गुन २९ , शुक्रवार

रहिनन् वरिष्ठ गायिका दिलमाया खाती

Singer_Dilmaya-modified-1

सुनाखरी न्युज /  काठमाडौं  ।

वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति निधन भएको हो।सन् १९३९ अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी उनी पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन ।

 

उनका पारिवारिक सदस्यले जनाए अनुसार उनको ८४ वर्षको उमेरमा निधन भएको हो । सोही समयमा एक समारोहमा आफन्तकोमा गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर गायन क्षेत्रमा लागेकी हुन्। अविवाहित दिलमायाले संगीतकार एवं गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग सहकार्य गरेकी छन्।

 

गायिका खातीले विछोडको पीडा नसकी खप्न दशैंको बेलामा, खोलाको दुई किनार, सम्हाल पछ्यौरी, सम्झे है बुझे है यो मेरो जोवन, बचाइराख, अरु केही माग्दिन, पारिबाट फुक्यो जस्ता लोकप्रिय एक सय ५० बढी नेपाली गीत गाएकी थिइन् । करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गएराति निधन भएको हो।