२०८३ श्रावण २६ , मंगलबार

माओवादी सचिव आचार्य अस्वस्थ, हेलिकप्टरमा नेपालगन्ज ल्याइयो

dilli ram

सुनाखरी न्युज /  काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएसँगै बयलपाटा अस्पतालमा उपचार सम्भव नभपछि उनलाई नेपालगन्ज ल्याइएको छ ।

 

उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्ज ल्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ ।

 

३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन पुगेका सुदूरपश्चिम इन्चार्ज रहेका आचार्य अस्वस्थ भएका हुन् ।