२०८१ बैशाख २० , बिहिवार

बढ्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं । सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक लागेको छ। सुनको भाउ लगातार ७ दिन घटेपछि आज बुधबार बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।