२०८१ बैशाख २१ , शुक्रवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Foreign Currency

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार यस्तै,  आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ।

यस्तै भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।