२०८१ बैशाख २३ , आइतवार

तीन पालिकाका एकहजार एकसय १५ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

Capture

सुनाखरी न्युज/ पोखरा । नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत कास्कीका तीन पालिकाका एक हजार एक सय १५ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ ।

गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वयमा पालिकाको वडा नं. ७ मा रहेका लान्दु्रक, हिमालय, चण्डी, तान्चोक माझगाउँ आवासीय विद्यालय र संगम मा.वि.का ६७ विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ । कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका ७ का अध्यक्ष भरतमान गुरुङले शैक्षिक सामग्री तथा न्यायो कपडा सहयोगले विद्यार्थी विद्यालय निरन्तर हुने र अभिभावकलाई आर्थिक भारमा सहुलियत भएको बताए ।

परियोजना अन्तर्गत मादी गाउँपालिकाका ८, ९, १० र ११, माछापुच्छ«े गाउँपालिकाका ८, ७, अन्नपूर्ण गाउँपालिका ४, ६ र ७ मा रहेका ४१ सामुदायिक विद्यालयमा अध्ययनरत एकहजार एकसय १५ विद्यार्थीलाई शैक्षिक सामग्री अन्तर्गत विद्यालय पोशाक, झोला, कापी, कलम, पेन्सिल तथा स्टेशनरीजन्य सामग्री सहयोग गरिएको हो । यस्तै, माध्यमिक शिक्षा उत्तीर्ण १६४ विद्यार्थीलाई छात्रवृत्ति रकम सहयोगसमेत गरिएको छ । समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहमा सहयोगका लागि कार्य क्षेत्र भित्रका ३९ स्वास्थ्य संस्थाको स्तरोन्नति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र बालसंरक्षणमा परियोजनाले सहयोग गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।

गुणस्तरिय शिक्षामा बालबालिकाको पहँुच अभिवृद्धि गर्ने उद्देश्यका साथ बालबालिकाका अभिभावकलाईसमेत प्राथमिकता दिदैं कार्यक्षेत्रका ६ सहकारीमार्फत आयआर्जनका सहयोगी गतिविधिसमेत सञ्चालन गर्दै आएको परियोजना अधिकृत महेश विश्वकर्माले बताए ।