२०८३ श्रावण २६ , मंगलबार

विन्ध्यवासिनी मा.विमा शिक्षक भट्टराईको विदाई

Capture

शिशिर उजाड/ पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय वाटुलेचौरका शिक्षक वलराम भट्टराईलाई सम्मान सहित विदाई गरिएको छ ।

 

३४ वर्ष ७ महिना लामो शिक्षण पेशामा आवद्घ भट्टराईले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि विद्यालयले मंगलवार एक कार्यक्रमका विच विदाई गरेको हो ।सो विद्यालयमा लामो समय अध्यापन गराउनु भएका पोखरा १६ वडहरवोट निवासी भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य र शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले मायाको चिनो सहित दोशल्ला ओढाएर विदाई गर्नुभयो ।

May be an image of 6 people and temple

कार्यक्रममा वोल्दै समितिका जेष्ठ सदस्य भट्टराइले अवकास पछिको जीवन पनि शिक्षा क्षेत्रमै लगाउन आग्रह गर्नुभयो । प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्ष्कि विकासमा भट्टराइले पुर्याउनु भएको योगदानको प्रशंशा गर्दे आगामी दिनमा विद्यालयको शैक्षिक विकासमा पनि रचनात्मक सहयोग र सुझावको अपेक्षा राखेको वताउनु भयो । शिक्षक भट्टराईले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि वाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने वताउनु भयो । उहाँले देशभरि नै सकमुदायिक विद्यालय तर्फ उत्कृष्ट पहिलो हुन सफल विद्यालयमा तीन दशक भन्दा वढि सेवा गर्न पाउँदा आफुलाई गर्व लागेको स्मरण गर्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई फुल, अविर दिएर सम्मान गरेका थिए ।कक्षा १० का विद्यार्थी नम्रता परियारले गुरु वन्दना प्रस्तुत गरेकी कार्यक्रमको संचालन दश जोड दुईका शिक्षक माधव अधिकारीले गर्नुभएको थियो ।

 

वि.सं. २०४५ सालमा स्थायी शिक्षकको रुपमा विन्ध्यवासिनी मा.विमा नियुक्ती लिई अध्यापन कार्य शुरु गर्नुभएका भट्टराईले केही समय महेन्द्र मा.वि घार्मीमा पनि अध्यापन गराउनु भएको थियो ।