
सुनाखरी न्युज/ काठमाडौं ।
बझाङ केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ। बझाङको तलकोट केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ४।९ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि पराकम्पन पनि गइरहेको स्थानीय पत्रकार प्रेम रौलेले बताए।
क्षतिको विवरण भने आउन बाँकी रहेको छ।