२०८३ श्रावण २६ , मंगलबार

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस १ अक्टोवर कार्यक्रमः १३ जिल्लामा विभिन्न कार्यक्रम आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस १ अक्टोवर कार्यक्रमः १३ जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी शान्ति समाजले असोज १४ गते अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस (१ अक्टोवर) मनाएको थियो ।

यस क्रममा शान्ति समाजको रुपन्देही शाखाले स्वास्थ्य शिविर आयोजना गरेको थियो भने काठमाडौं शाखाले कागेस्वरी मनोहर नगरपालिका गागलफेदीस्थित जेष्ठ नागरिक सेवा आश्रममा खाद्यान्न सहयोग गरेको थियो । यस्तै चितवन शाखाले देवघाटस्थित रोटरी करुणालय बृद्धआश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको थियो भने मोरङ शाखाले महिला जागृति तथा वृद्धाश्रममा पौष्टीक आहार उपलब्ध गराएको थियो ।

 

साथै शान्ति समाजका पाल्पा, नवलपुर, सुर्खेत, बागलुङ शाखाले विभिन्न स्थानमा फलफुल वितरण गर्नुका साथै महोत्तरी र दाङ शाखाले अन्तरक्रिया÷गोष्ठी आयोजना गरेका थिए । जेष्ठ नागरिक दिवसकै अवसरमा शान्ति समाजका पाँचथर, बाँके र तेह्रथुम शाखाले विविध कार्यक्रम आयोजना गरेका थिए ।
रासस