२०८१ जेठ ४ , शुक्रवार

मलद्वारमा लुकाएर लागूऔषध ओसारपसार, पाँचजना पक्राउ

arrested

सुनाखरी न्युज /  काठमाडौं ।

मलद्वारमा लु्काएर लागुऔषध जिल्ला भित्र्याउने क्रममा प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय विशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

 

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका – ६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको हो। प्रहरीले सोही ठाउँका ३२ वर्षीय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद गरेको छ । ३२ वर्षीय प्रवेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको उनले बताए ।

 

प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा ति युवाहरुको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई स्थानीय बेल्टारस्थित चौदण्डीगढी हस्पिटल प्रालीमा भीडीयो एक्सरे गरिएको थियो । भीडीयो एक्सरेमा मलद्वारभित्र फ्रिजिङ गरी राखिएको लागुऔषध देखिएपछि डाक्टरकै सहयोगमा बाहिर निकालिएको प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।

 

संलग्न सबैलाई कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन उदयपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको एसपी थापाले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेकाहरुलाई लागुऔषध ऐन अन्तरगत कारवाही प्रक्रिया अघि बढाएको श्रेष्ठले बताए ।