२०८३ श्रावण २६ , मंगलबार

बिरुवा उखालेर फाल्दा…

Capture

सुनाखरी न्युज/ काठमाडौं । भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् ।

 

भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियान अन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो । रासस