२०८१ बैशाख २४ , सोमवार

गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दा अख्तियारमा दायर

cia

सुनाखरी न्युज/ काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८० मा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ । ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ ।

१६२ मध्ये सबैभन्दा बढी ६४ वटा मुद्दा गैरकानुनी लाभ वा हानिसम्बन्धी छन् । त्यस्तै ३२ वटा मुद्दा घूससँग सम्बन्धित छन् । सार्वजनिक सम्पत्ति हानि नोक्सानीका २७ वटा मुद्दा छन् । भ्रष्टाचार मु्द्दा लागेका ७६६ मध्ये एक जना विशिष्ट श्रेणी, २१४ जना अधिकृतस्तर, १४४ जना छन् । त्यस्तै निर्वाचित र मनोनीत २०९ जना र मतियार १९८ जना छन् ।