२०८१ जेठ ६ , आइतवार

अनुहार चम्काउनको लागि जान्नुहोस् चामलको पिठोको घरेलु विधि

skin care 3

 

सुनाखरी न्युज  / काठमाडौं  ।

मानिसको जीवन एकदमै परिर्वतनशिल रहेको छ । जसको कारण उनिहरुको जीवनशैलिपनि फरिएको छ त्यसैले अहिलेका मानिसहरु दिनप्रति दिन आफ्नो स्वास्थ्यमा केहिन केहि समस्याले ग्रसित भएका हुन्छन् ।कोरियन युवती आफ्नो छालाको एकदमै हेरविचार गर्छन् जसले गर्दा उनीहरुको छाला बेदाग, कोमल तथा चम्किलो हुन्छ ।

 

यदी तपाईं पनि त्यस्तै सिसाको जस्तो छाला चाहनुहुन्छ भने केही घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।प्राय अहिले मानिस काममा ब्यस्तहुने हुदाखेरी उनिहरुले आफ्नो स्वास्थ्य तथा शरिरको ख्याल राख्न सकिरहेका हुँदैनन् । अहिलेको प्रदुषित हावापानीले गर्दा धरैलाई छाला सम्वन्धी समस्याले सताएको हुन्छ । चर्को घाम अनि फोहोर पानि साथै प्रदुषित हावाको कारण हाम्रो छालामा समस्या देखिन पुग्छ ।

 

हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो।कोरियन छालाको सुरक्षाको लागि चामल सबैभन्दा चर्चित उपाय हो । त्यहाँका व्यक्तिले छालामा निखार ल्याउनका लागि चामलका विभिन्न खाले उपायहरु अपनाउने गर्छन् । चामल छालाका लागि एकदमै फाइदाजनक हुन्छ । किनकी यसमा पाइने अमीनो एसिड, एन्टीअक्सीडेन्ट्स र मिनरल्सले एजिंग प्रक्रियालाई ढिलो गराइदिन्छ । यदी तपाईं पनि मरेतुल्य छाला, दागधब्बा जस्ता समस्याहरुको सामना गरिरहनु भएको छ भने चामल तपाईंका लागि वरदान सावित हुनेछ ।

 

दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने। तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ। पानीलाई दुई देखि तीन दिनसम्म फर्मेन्ट हुनका लागि राख्ने । पछि यस पानीलाई अनुहारमा प्रयोग गर्न सकिन्छ ।

 

त्यस्तै कोरियन छाला केयरमा चामलको पाउडर यानिकी पिठोलाई पनि प्रयोग गरिन्छ । चामलको पाउडरलाई फरक फरक फेस प्याकहरु बनाएर प्रयोग गर्न सकिन्छ । यसलाई तपाईं दही, बेसन, एलोवेरा जेल आदिसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ ।

 

यस कोरियन उपायका लागि तपाईं एक कचौरामा पाकेको चामल लिनुहोस् र यसमा काँचो दुध र मह मिसाउनुहोस् र राम्रो लेप तयार गर्नुहोस् । यसलाई फेस प्याकको रुपमा अनुहार तथा घाँटीको भागमा लगाउनुहोस् र केहीबेर राखेर सफा गर्नुहोस् ।