२०८१ बैशाख २२ , शनिवार

यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि हुने

rastiya 4

सुनाखरी न्युज /  काठमाडौं ।
२०८० सालको माध्यामिक शिक्षा परीक्षा (एसईई )  चैत पहिलो साता हुने भएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले परीक्षा चैत पहिलो साता गर्ने गरी वार्षिक कार्यतालिका बनाइएको बताए ।

 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो सातादेखि एसईई परीक्षा हुने भएको हो ।कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्छौं,’ उनले भने । पुस मसान्तसम्म १० को आवेदन फारम भर्ने समय तोकिएको छ ।

 

र, नतिजा असार दोस्रो साता सार्वजनिक गर्ने परीक्षा बोर्डको कार्यातालिका छ । चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने बोर्डको कार्यतालिका छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ ।

 

जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ । त्यस्तै, कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउनेछ ।