२०८१ बैशाख १८ , मंगलबार

सुनको भाउमा गिरावट

gold-1

सुनाखरी न्युज/ काठमाडौं । सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

 

गतसाताको मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको मुल्यले यो साता पनि निरन्तरता पाएको हो । मंगलबार प्रतितोला ४ सय रुपैयाँ, बुधबार ८ सय रुपैयाँ, बिहीबार १ हजार ४ सय रुपैयाँ र शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको थियो भने यससाताको पहिलो दिन आइतबार ८ सय रुपैयाँले घटेको थियो । यसरी हेर्दा सुनको भाउ लगातार छैठौं दिनमा ४ हजार ३ सय रुपैयाँ घटेको छ ।

 

आज तेजावी सुन पनि प्रति तोला १ सय रुपैयाँले घटेर १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ५ सय ५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।