२०८१ जेठ ६ , आइतवार

एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

Capture

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार (असोज १२ गते) काठमाडौको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

 

यस शिविरमा ४०० भन्दा बढी मानिसहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभलिएका थिए । नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले विषेशज्ञ डाक्टरहरुबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच लगायनका परामर्श र ईसीजी र मधुमेह जाँच सेवापाएकाथिए ।स्वास्थ्यशिविरहरुले मानिसहरुमाप्रिभेन्टिभ हेल्थ केयर प्रोत्साहन गर्न मद्दत गर्ने हुनाले स्वास्थ्यशिविरहरु समयमै रोग पहिचानको लागि एकदमै राम्रो माध्यममानिन्छ ।

एनसेलले आफ्नो नयाँयात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामीतपाईंकै लागि’अनुरुप यो स्वास्थ्यशिविरको आयोजना गरेको हो । एनसेलआफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ । यस स्वाथ्यशिविरमाआएका सबैले थपजाँचहरु गर्नुपरेमानर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ । स्वास्थ्य शिविरमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म संचालन भएको थियो र तत्काल औषधी आवश्यक भएकाहरु लाई निःशुल्क औषधिपनि दिईएको थियो ।

 

एनसेलका प्रमुखकार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने “हाम्रा स्थानिय समुदायका मानिसहरु लाई ध्यानमा राख्दै काठमाडौको मुटुमा यस स्वास्थ्यशिविरको आयोजनागरिएको हो । एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र आफ्नो समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधै प्रतिबद्घ छ । काठमाडौ लगायतदेशको विभिन्न भागमा यस किसिमको स्वाथ्य शिविर छिटै आयोजना गर्नेछौ । ”

एनसेलले ‘हामीतपाईंकै लागि’थिमअन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ । त्यस्ता कार्यक्रमहरुमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमालागु हुने सामाजिकपहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमति कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपण लगायतका कार्यक्रमहरु रहेका छन् ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापनाभई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदान गर्दै प्रत्येक नेपाली लाई आफ्नो नेटवर्क मार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरू लाई लाभप्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

 

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्क मार्फत सेवाप्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्य तर्फ डो¥याइरहेको छ ।

 

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापना देखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमाव्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । एनसेल, आजियाटा गु्रपबर्हाद अन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपाली लाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।