२०८१ बैशाख १८ , मंगलबार

पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा  सुन तस्करी छानबिनका लागि ४ सदस्यीय जाँचबुझ आयोग गठन

सुनाखरी न्युज/ काठमाडौं ।
सुन तस्करीको छानबिनका लागि सरकारले  उच्चस्तरीय आयोग गठन गरेको छ । संसद्‌मा रहेका दलहरूबीचको सहमतिको आधारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा भइरहेको सुन तस्करीको छानबिन र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

‘मन्त्रिपरिषद्ले असोज ५ गते नै आयोग गठन गर्ने निर्णय गरेको थियो । तर त्यसमा केही समस्याहरू थिए,’ उनले भनिन्, ‘अहिले ती समस्या रहेका विषयहरू सहमति भएपछि आयोगलाई पूर्णता दिइएको छ ।’

 

उनकाअनुसार आयोगको सदस्यहरूमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।