२०८१ बैशाख २१ , शुक्रवार

नेप्से ३३ अंकले घटेर १९७१ मा झर्‍यो, सबै सूचकमा गिरावट

Share

सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १९७१ अंकमा झरेको छ । नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३३.२० अंक घटेको हो । दिनभर कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ ।

 

जम्मा १० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने २ को स्थिर रहृयो । हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै ३।३ प्रतिशत घट्यो । बैंकिङ १३, विकास बैंक ५३, फाइनान्स ३८, होटल तथा पर्यटन ८४, जलविद्युत् ७२, जीवन बीमा २११, उत्पादन तथा प्रशोधन ६९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा १६७, अन्य २२ र व्यापार उपसमूह ५४ अंक घटे ।

 

कारोबार रकमका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।