२०८१ बैशाख २१ , शुक्रवार

१९‍‍औं एसियाली खेलकुदः माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

सुनाखरी न्युज/ हान्झाउ ।

नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

 

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।

नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९।४ ओभरमा ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

माल्दिभ्सलाई अलआउट गर्न नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गर्दै ३।४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए ।

टी-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिने अभिनाश पहिलो नेपाली बलरसमेत बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए । माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए । पहिलो खेलमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गर्ने रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रनको योगदान गरे ।

यस्तै कुशल भुर्तेल र गुलशन झाले समान ३५र३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए । अरु ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।