२०८१ बैशाख २६ , बुधवार

खल्तीको दशैं अफर : वर्ल्डलिङ्कका ग्राहक मध्य २४ जोडीले दुबई घुम्न पाउने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।‘खल्ती’ ले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ‘दशैं क्याम्पियन’ अन्तर्गत दुबई भ्रमणको अफर ल्याएको छ । यस अफर अन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेटको भुक्तानी खल्तीबाट गर्ने गर्नेमध्ये २४ ग्राहक जोडीले ‘दुबई भ्रमण’ गने मौका पाउनेछन्।

 

यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीका दरले २४ जोडीले ४ रात ५ दिनकालागि दुबई घुम्ने मौका पाउनेछन् । दुबई भ्रमण अफरमा लाग्ने सम्पूर्ण खर्च भने खल्तीले नै बेहोर्ने व्यवस्था रहेको छ । विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो अफरमा सहभागी हुन पाउनेछन् । तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गरे पश्चात प्रयोगकर्ताले दुई ओटा भौचर पाउनेछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् । खल्तीले हरेक हप्ता त्यसै भौचर मध्ये दुई वटा भाग्यमानी बिजेता घोषणा गर्नेछ।

 

‘खल्ती’का सीईओ विनय खड्का भन्नुहुन्छ , “अहिले चाडपर्वको महोलमा हामीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं साथै आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति आकर्षित गर्न यस्ता क्याम्पियनलाई निरन्तरता दिने कुरामा हामी प्रतिवद्ध छौं ।” वर्ल्डलिङ्कका सीईओ केशव नेपाल भन्नुहुन्छ ‘खल्ती डिजिटल वालेटले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै यस्तो क्याम्पियन गरेकोमा हामी निकै हर्षित छौं र खल्ती संगको सहकार्यमा यस्तो क्याम्पियन पहिलो पटक आफ्ना ग्राहककालागि उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं। विशेषगरी डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो क्याम्पियन सुरु गरिएको हो र आगामी दिनमा यस्ता क्याम्पियन गर्दा डिजिटल भुक्तानीको प्रयोग बढ्नेमा हामी विश्वस्त छौं ।”

 

वर्ल्डलिङ्ककका अनुसार अहिले ६५ प्रतिशत प्रयोगकर्ताले सो कम्पनीको इन्टरनेटको शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने गर्छन् । खल्तीले पछिल्यो समय प्रयोगकर्तालाई आकर्षित गर्न यस्ता आकर्षक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । खल्तीले सम्पन्न गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा क्याम्पियन’ यसको एउटा जल्दोबल्दो उदाहरण हो । त्यसबाहेक पनि कम्पनीले हालै आफ्नो फ्लाईट टिकट खरिदमा आईफोन १४ जित्ने अफर ल्याएको थियो । यस्ता विभिन्न आकर्षक अफरले वर्ल्डलिङ्कका ग्राहकलाई सकारात्मक प्रभाव परेको कुरामा हामी बिश्वस्त छौं ।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा रुपान्तरण भएको छ। सम्पुर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

 

खल्ती एप www.khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया डिजिटल मिडिया संयोजक – अस्मिता सुवेदीलाई media@khalti.com मा सम्पर्क गर्नुहोला ।