२०८१ बैशाख १८ , मंगलबार

यो साता सुनको मूल्यमा उच्च गिरावट, विक्रीको प्रेसर र अमेरिकी डलरप्रतिको आकर्षण प्रमुख कारण

Gold

सुनाखरी न्युज/ काठमाडौं ।
सो साता बिश्व बजारमा वहुमुल्य धातु सुनको मुल्यमा कमी आएको छ । अमेरिकी बजारमा सुनको विक्री (Selling Pressure) बढ्नुका साथै अमेरिकी डलर मजवुत बनेकोले यो साता विश्व बजारमा सुनको मुल्यमा उच्च गिरावट आएको हो ।

विश्व बजारमा कच्चा तेलको मुल्यमा समेत कमी आएकोले त्यसले बिश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई सुनको मुल्यमा कमी आएको विश्लेषकहरुले बताएका छन् । यो क्रम अझै केही समय कायमै रहन सक्ने अनुमान विश्लेषकहरुको छ । अमेरिकी डलर मजवुत बन्दै जाँदा त्यसको प्रभाव स्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।

उहाँका अनुसार नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार १ सय ९५ रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य ९३ हजार २ सय ८० रुपैयाँमा झ¥र्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ३ हजार ९ सय १५ रुपैयाँले कम होे । नेपाली बजारमा साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन स्थिर रहेको सुनको मुल्य साताका अन्य सवै दिन ओरालो लागेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मुल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन १ हजार २ सय २६ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ३ सय ९५ रुपैयाँमा झरेको छ ।