२०८१ बैशाख २६ , बुधवार

यसपालिको चाड, सोनामको साथ सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं । यही असोज ११ गतेदेखि असोज २७गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालिको चाड, सोनामको साथनामक छुट योजना सार्वजनिक गरेको छ ।

यस छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशत सम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदालगाउने पोसाक, टेन्ट, ब्यागलगायतउत्पादन छन्।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, बालाजुको बिजीमल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरानपुतलीलाइन, पोखराको लेकसाइड र न्युरोडतथा बुटवल र सुर्खेतमा मा सोनामका सोरुम छन् ।