२०८१ जेठ ४ , शुक्रवार

प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी हुनुभयो ।

नोवेल शिक्षण अस्पतालले महेन्द्रचोकबाट तीनपैनी चोकसम्म आयोजना गरेको प्रभातफेरीमा उहाँ पनि सहभागी हुनुभएको हो ।
यसैगरी स्थानीय जेलनमार्क औषधि उद्योगले विराटनगरस्थित कोशी अस्पतालबाट निकालेको प्रभातफेरीले नगरको मुख्य–मुख्य भाग परिक्रमा गर्दै तीनपैनी चोकमा आयोजित कोणसभामा परिणत भयो ।

कोणसभामा कोशी अस्पतालका चिकित्सक डा दीपक सिग्देल, नोवेल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा राजेश नेपाल र औपाधि उद्योगका प्रतिनिधि निरज कर्णले धुम्रपान त्यागी दैनिक व्यायाम गर्दा र स्वच्छ खानपानले मुटरोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।

उहाँहरूले विश्व मुट महासंघको प्रतिवेदनअनुसार सन् २०१९ मा मृत्यु हुनेमध्ये ८५ प्रतिशतको मृत्यु दृदयाघात र स्ट्रोकका कारण भएकाले समयमै आफ्नो मुटु जाँच गरी औषधि सेवन गरेमा अकाल मृत्युबाट जोगिन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रभातफेरीमा कोशी र नोवेल अस्पतालका चिकित्सक, चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थी एवं सर्वसाधारणको सहभागिता थियो ।
रासस