२०८१ जेठ ५ , शनिवार

निरुता सिंहले श्रीमान्‌सँग मनाइन् जन्मदिन

niruta singh

सुनाखरी न्युज /  काठमाडौं ।

अभिनेत्री निरुता सिंहले श्रीमान्‌सँग जन्मदिन मनाएकी छिन । निरुताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गर्दै जन्मदिन मनाएको भिडियो र फोटो पोस्ट गरेकी छिन ।

 

निरुताले भिडियो पोस्ट गर्दै लेखेकी छन ‘अघिल्लो रातको कुरा। मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद।’ निरुताको पोस्टमा धेरैले जन्मदिनको शुभकामना दिएका छन्।

 

निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन्। दुवै हातमा रातो चुरा, मंगलसूत्र र हरियो रङको सर्ट र स्कर्ट लगाएकी उनी भिडियोमा बिछट्टै सुन्दर देखिएकी छन्। निरुताले बुधवार भिडियो पोस्ट गर्दै लेखेकी छिन ‘अघिल्लो रातको कुरा । मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद ।’