२०८१ बैशाख १६ , आइतवार

सर्वसाधारणलाई चिरख्वा हाइड्रोको आईपीओ असोज २३ देखि

IPO

सुनाखरी न्युज/ काठमाडौं । चिरख्वा हाइड्रोपवर लिमिटेडले सर्वसाधारणलाई असोज २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले सर्वसाधारणलाई ८ लाख ५९ हजार ३ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ ।

 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको आयोजनाको प्रति मेगावाट लागत २१ करोड २३ लाख छ। आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको कम्पनीले जनाएको छ ।

 

 

 

रासस