२०८१ जेठ १ , मंगलबार

भर्‍याङबाट लडेर वृद्धको मृत्यु

death

 

सुनाखरी न्युज / काठमाडौं ।

शुक्रबार बिहान आफ्नै घरको भर्‍याङबाट खसेर स्थानीय ७० वर्षीया कलावती महरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बिहानै आफ्नै घरको सिढी ( भर्‍याङ)  बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए ।

 

घटनाबारे बुझ्न प्रहरी वृद्वा लडेको घरमा खटिएको प्रहरीले जनाएको छ ।