२०८१ बैशाख १८ , मंगलबार

सुन तोलामा ८०० सयले घट्यो

gold-1

सुनाखरी न्युज/ काठमाडौं । यो साता सुनको भाउमा लगातार गिरावट आएको छ। कुल ६ कारोबार दिनमा ४ दिन सुनको भाउ घटेको छ। यो साता सुनको १ दिनमात्रै बढ्यो भने १ दिन स्थिर रहेको छ।

 

साताको अन्तिम कारोबारमा दिन शुक्रबारमा पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। यो सातामात्रै सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ।

उता चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो। यो साता चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ।