२०८१ बैशाख १८ , मंगलबार

सुनको आयातको कोटा बढ्यो, अव वाणिज्य बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने (नेपाल राष्ट्र बैंकको सर्कुलर सहित)

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ । राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते परिपत्र जारी गर्दै दैनिक कोटा १० किलोमा झारेको थियो । त्यसयता वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गरिरहेका थिए ।

 

 

 

यसअघि वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो । “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन पत्र लेखेको थियो,” स्रोतले भन्यो, “सोही अनुसार कोटा बढाउने निर्णय भएको छ । सोही अनुरुप बुधबार सर्कुलर जारी भएको छ ।

 

व्यवसायीहरूले नेपाली बजारमा दैनिक ३० देखि ४० केजीसम्म सुनको माग भएको दाबी गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकको सर्कुलर