२०८१ बैशाख १८ , मंगलबार

फेरि चार किलो सुन बरामद

Gold

सुनाखरी न्युज/ काठमाडौं ।
प्रहरीले दोलखा जिल्लाको सिँगटीबाट चार किलो सुन बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले बुधवार राती चार किलो सुन बरामद गरेको हो ।
प्रहरी स्रोतका अनुसार सुनसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बताएको छ ।

यसबारे विस्तृत जानकारी भने दिएको छैन । बरामद पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ ।