२०८१ बैशाख २७ , बिहिवार

कच्चा तेलको मूल्य एक वर्षयताकै उच्च

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी उछाल आएको छ। कच्चा तेलको मूल्य बुधबार प्रतिब्यारल ९५ डलर माथि पुगेको छ। यूएस डब्ल्यूटीआईको भाउ प्रतिब्यारल ९५.०३ पुगेको हो। जुन एक वर्षयताकै उच्च हो।

यसअघि गत वर्ष अगस्टलमा डब्ल्यूटीआई प्रतिब्यारल ९४.६१ डलरमा कारोबार भएको थियो। यो एकैदिन ४ प्रतिशत बढीले उकालो लागेको हो। ग्लोबल बेन्चमार्क ब्रेन्टको भाउ पनि १.०५ प्रतिशतले बढेको छ। योसँगै ग्लोबल बेन्चमार्क ब्रेन्टको भाउ बढेर प्रतिब्यारजल ९७.५६ डलर पुगेको छ।

ओपेक राष्ट्रले गत अगस्टबाट तेल उत्पादन कटौती गर्नु र बजारमा कच्चा तेलको मौज्दात घट्नुले विश्व बजारमा कच्चा तेलको मूल्य बढेको विश्लेषकहरु बताउँछन्। यस्तै अवस्था रहेमा कच्चा तेलको भाउ अझै बढ्न सक्ने उनीहरुको अनुमान छ।