२०८१ बैशाख १५ , शनिवार

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

Capture

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकनभवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा १०० जनाबढी व्यक्तिले रक्तदान गरेका थिए ।

हाम्रो लाइफबैंकको सहकार्यमाआयोजितयस रक्तदानकार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमाआएकाग्राहकहरु र एनसेलकाकर्मचारीहरुले रक्तदान गरेका थिए । दानगरिएको रगतजब कुनै मानिसकोजीवनबचाउनवास्वास्थ्यउपचारमाप्रयोग हुन्छ, दाताहरूले एसएमएसमार्फत यसको जानकारीप्राप्त गर्नेछन्।

एनसेललेआफ्नो नयाँयात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामीतपाईंकै लागि’अनुरुपयो रक्तदानकार्यक्रमको आयोजनागरेको हो । एनसेलआफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ ।रक्तदानविश्वभरि स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण भागहो र यसलेविशेष गरी आपतकालीनअवस्थामा धेरैको जीवनबचाउनमद्दतगर्दछ ।

एनसेलकाप्रमुखकार्यकारी अधिकृत तथाप्रबन्धनिर्देशक जाब्बोर कायुमोभले अमूल्यजीवनबचाउनकार्यक्रममा सहभागीभई रक्तदान गर्ने सबैलाई धन्यवाददिए। “स्थानियबासिन्दार हाम्राग्राहकहरूसँग मिलेर हामीलेमानिसको जीवन रक्षा गर्नेसामाजिककार्य गर्न पाएकोमाहामीखुसी छौं । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानवजीवनमा सकारात्मकपार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ ।यो हामीसधैं नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो ।”

 

एनसेलले ‘हामीतपाईंकै लागि’थिमअन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमाअन्यविभिन्नकार्यक्रमहरुको पनिघोषणा गरिसकेको छ ।त्यस्ताकार्यक्रमहरुमाव्यावसायिक सामाजिकजिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमालागु हुने सामाजिकपहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलहरूमाप्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमति कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरु रहेका छन् ।
विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायतकाविभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदानगरिसकेको छ ।

एनसेलको बारेमा
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायककम्पनीहो । सन् २००४ मा स्थापनाभई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदानगर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिकमोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदानगरिरहेको छ । उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ । एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमाव्यावसायिक सामाजिकजिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रपबर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मापब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवाप्रदानगर्दै आएको छ ।

रासस