२०८१ बैशाख १५ , शनिवार

एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्विरोध निर्वाचित

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । संघमा यसअघि पनि नेतृत्व गरिसकेका घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।

 

घिमिरे नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य हुन् भने उनी नेपाल कत्था उद्योग संघको अध्यक्ष पनि रहेका छन् । मंगलबार राजधानीमा सुरु भएको संघको २८ औं वार्षिक साधारणसभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको निवर्तमान अध्यक्षमा कुशप्रसाद मल्ली तथा वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र दुई उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेल निर्वाचित भए ।

 

संघको महासचिवमा जीतबहादुर कार्की, कोषाध्यक्षमा आशिष जजोदिया र सचिवमा अमित अग्रवाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक गोकुल भण्डारीले जानकारी दिए । संघको सदस्यहरुमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी निर्वाचित भएका छन् । यस्तै, मनिषकुमार जोशी र निर्मल कुमार खत्री क्षेत्री सदस्य मनोनित भएको जनाइएको छ ।