२०८१ बैशाख १७ , सोमवार

अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट हुने व्यवस्था लागू हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं । अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट हुने व्यवस्था लागू हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेसँगै आईपीओमा यो व्यवस्था लागू हुने भएको छ।

 

यो व्यवस्था लागू भएसँगै अब बैंक खातामा पैसा नभएको अवस्थामा कसैले आईपीओ भरेमा तत्कालै रिजेक्ट हुनेछ। सीडीएससीका अनुसार धितोपत्र बोर्डले गत असोज २ गते एपीआई सम्बन्धी कार्यविधि पारित गरेको हो। ‘यो व्यवस्था लागू भएपछि अब आईपीओ भर्दा बैंक खातामा पैसा छ भने तत्कालै भेरिफाई र छैन भने तुरुन्तै रिजेक्ट हुन्छ ।

 

कार्यविधि पारित भइसकेकोले अब सीडीएससीको सञ्चालक समितिको बैठक बसेर यो व्यवस्था लागू गर्ने छ तर सबैले कार्यान्वयनमा ल्याउन भने केही समय लाग्न सक्ने छ ।