२०८१ जेठ ६ , आइतवार

यसरी हटाउनुस् डार्क सर्कल

dark circle

सुनाखरी न्युज /  काठमाडौं ।

घाममा धेरै हिँड्नाले पनि डार्क सर्कल देखिन्छ । सुत्केरी अवस्थामा पनि देखिन्छ । आँखालाई प्रदूषणबाट बचाउनका लागि बाहिर निस्कँदा सनग्लास प्रयोग गर्न सकिन्छ ।लामो समयसम्म औषधिको सेवन, एलर्जी, प्रदूषण, लामो समयसम्म ग्याजेट चलाउने गर्नाले पनि डार्क सर्कल देखिने गर्छ । निद्राको कमी, अस्वस्थकर खानपान, वंशानुगत कारणलगायत डार्क सर्कल निम्तिनुका धेरै कारण छन् ।

 

भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानुपर्छ । यसले छालालाई रिपेयर गर्न र टाइट गर्न सहयोग गर्छ ।औषधिको प्रयोग, केमिकल पिमिलिङ गर्ने र लेजर गरी तीन तरिकाबाट यसको उपचार गर्न सकिन्छ ।  पानी प्रशस्तै पिउनुपर्छ । कागती, सुन्तलालगायत भिटामिन ‘सी’युक्त फलफूलले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछन् । जसकारण, राम्रोसँग निदाउन सकिन्छ ।

 

अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ । सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ । भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ ।