२०८१ बैशाख १८ , मंगलबार

सुन तोलामा ८०० सयले सस्तियो

gold-1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।