२०८१ जेठ ५ , शनिवार

आमा बन्दै नायिका रेखा थापा

rekha thapa

सुनाखरी न्युज /  काठमाडौं ।

अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । करिब डेढ वर्षअघि बलराम शाहीसँग लगनगाँठो कसेकी थापा ४० वर्ष काटेपछि आमा बन्न लागेकी हुन ।उनको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको छ । यो अवस्थामा पनि उनी फिल्ममा एक्सन दृश्य लगायतको छायाङ्कनमा छिन् ।

 

बलिउड अभिनेत्री आलिया भट्टले पनि सन्तान पेटमा हुँदा फिल्म सुटिङ गरेको कारण आफूलाई पनि अहिले सुटिङका लागि प्रेरणा मिलिरहेको रेखाले बताइन् । बेबी बम्प लिएरै उनी एक्सन सिनहरु दिईरहेकी छन् । स्रोतका अनुसार अबको केही दिनमा उनको भागको छांयाकन सकिनेछ । सो पश्चात उनी रेस्टमा रहनेछिन् ।

 

रेखाले मंगलबार श्रीमान शाहीसँग एक तस्विर राख्दै आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छन् । स्टाटसमा लेखिएको छ, ‘भविष्य पनि गज्जबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’