२०८१ बैशाख १५ , शनिवार

खेल्दै छुट पाउँदैः दराज क्यान्डी

Capture

सुनाखरी न्युज/ काठमाडौं । अब दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेल संगै खेल पनि खेल्न पउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई एपमा थप संलग्न गराउने उदेश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाईन खेल सार्वजनिक गरेको छ ।

दराज एपका प्रयोगकर्ताहरुले सजिलै यो खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरुले तिन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरुलाई एकै ठाँउमा मिलाउनु पर्छ । यसरी मिलाए पछि मिलेका क्यान्डीहरु हराउछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाँउमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् जुन उनिहरुको खेलको आधारमा हरेक दिन उनिहरुलाई प्रदान गरिन्छ । दराज लोयल्टी कल्बका सदस्यहरुले यो जेम्को प्रयोग गरि दराजका सामानहरुमा विशेष छुट प्राप्त गर्न सक्छन् ।

दराजको बारेमा
सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एशियाकै उत्कृष्ट अन्लाइन सपिङ्ग प्लेटफर्म हो । हाल दराजका सेवाहरु नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरि ५ देशहरुमा उपलब्ध छ ।३०,००० बिक्रेता र करीब ५०,००,००० ग्राहकहरुलाई जोड्दै दराजले अहिले २५,००,००० उत्पादनहरु बिक्री गर्ने गरेको छ । फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरु दरजले बिक्री गर्दै आएको छ ।