२०८१ बैशाख ३० , आइतवार

सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्यारउने व्यक्ति पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं ।
सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्यावएको अभियोगमा सर्लाही मलङ्वा नगरपालिका-९ स्थायी वतन भएका २० वर्षीय सनि शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गर्ने कार्यमा शर्माको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि प्रहरीले काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।