२०८१ बैशाख १५ , शनिवार

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं । सामाजिक सुरक्षा कोषको रिक्त कार्यकारी निर्देशकको पदमा कविराज अधिकारी नियुक्त भएका छन् । कोषको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले रत्ननगर- १, चितवनका कविराज अधिकारीलाई ४ वर्षको लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

 

उनी यस अघि राष्ट्रिय वाणिज्य बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। उनले राष्ट्रिय वाणिज्य बैंकमा १६ वर्ष ५ महिना काम गरेका थिए । उनले गत वर्ष राष्ट्रिय वाणिज्य बैंकबाट अवकाश पाएका हुन् ।

 

कार्यकारी निर्देशकको नियुक्तिको सिफारिस गर्न बनेको समितिले गठन गरेको तीनजना सदस्यको उपसमितिले अधिकारीसहित लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो । कोषको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका थिए ।
रासस