२०८१ जेठ ५ , शनिवार

आमा बनिन् अभिनेत्री स्वरा भास्कर

swara bhaskar

सुनाखरी न्युज  / काठमाडौं ।

बलिउड अभिनेत्री स्वरा भास्कर आमा बनेकी छन् ।  सेप्टेम्बर २३ मा उनले छोरीलाई जन्म दिएकी हुन्। आफ्नो सामाजिक सञ्जालमा तस्बिर राख्दै स्वाराले आफू आमा बनेको जानकारी दिएकी हुन्। तस्बिरमा उनी श्रीमान् फहदसँग देखिएकी छिन् । तस्बिर सेयर गर्दै नायिकाले क्याप्सनमा लेखेकी छिन्, ‘कहिलेकाहीँ तपाईंको सबै प्रार्थना एकै पटक सुनिन्छ ।

 

हामी नयाँ संसारमा पाइला टेक्दै छौँ । यसका लागि भाग्यमानी, आभारी र उत्साहित छौँ ।’उनले आफ्नी छोरीको नाम राबिया राखेको पनि जानकारी दिएकी छन्। स्वराले यही वर्ष जनवरी २३ मा समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग बिहे गरेकी थिइन्।स्वरा फिल्ममा आउनुअघि नाटकमा काम गर्थिन्। सन् २००९ मा उनले माधोलाल कीप वकिङु बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन्। यो फिल्म सफल हुन सकेन।

 

त्यसपछि उनले सञ्जय लीला भन्सालीको फिल्म गुजारिशु मा ऋतिक रोशन र ऐश्वर्य रायका साथमा सहायक भूमिका निर्वाह गरेकी थिइन्।उनले फिल्ममा पहिलो सफलता भने रांझना बाट पाएकी हुन्। सोनम कपुर र धनुषको मुख्य भूमिका रहेको यो फिल्ममा उनी सहायक भूमिकामा थिइन्। यही फिल्मबाट उनले फिल्मफेयरको उत्कृष्ट सहायक अभिनेत्री अवार्ड पनि पाएकी थिइन्।