२०८२ फाल्गुन २९ , शुक्रवार

ग्रान्डी अस्पतालमा डट्स केन्द्र स्थापना

grade

सुनाखरी न्युज  / काठमाडौं ।

धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र ( डट्स ) को स्थापना गरिएको छ। सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा।प्रज्वल श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचार पाउन टोखा क्षेत्रमा यस प्रकारको निःशुल्क क्षयरोग उपचार केन्द्र खोल्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थानका साथै व्यवस्थापको जिम्मेवारी लिएकोमा धन्यबाद दिए ।

 

ग्रान्डी मात्र नभई मुलुकका सबै ५० बेड भन्दामाथि सञ्चालित अस्पतालले डट्स केन्द्र राख्नु आवश्यक रहेको डा श्रेष्ठले बताए। ग्रान्डी अस्पतालबाट सुरुवात भएको यस कार्यक्रमलाई मुलुकभरका निजी अस्पतालहरुमा लैजाने लक्ष्य सरकारको रहेको उनले बताए।अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले बिरामीको हितका लागि अस्पताल सधैं सकारात्मक रहेको धारणा राखे। उनले ग्रान्डी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्र स्थापना गरेको समेत बताए।आपतकालिन अवस्थाको समयमा, ड्रग्सको केही समस्या भयो भने यस्तो परिस्थितिलाई सहज बनाउन हामी तत्पर छौ भन्ने कुरा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकको हैसियतले यो कुरा राख्न चहान्छु ।’

 

अस्पतालका मेडिकल निर्देशक डा।बिनोद बिजुक्छेले पनि बिरामीको लागि फाइदाजनक कुराहरुमा अस्पताल सधै सकारात्मक रहेको र आगामी दिनहरुमा पनि सरकारका स्वास्थ्य लक्षित कार्यक्रममा सहकार्य गर्दै जाने बताए । क्षयरोगीहरुको सहजै निशुल्क उपचार गर्ने उद्देश्यका साथ डट्स केन्द्र स्थापना गरिएको र यस केन्द्रबाट क्षयरोगको उच्च जोखिममा रहेका बिरामीको उपचार तथा निशुल्क औषधि वितरण हुने अस्पतालले जानकारी गराएको छ ।