
सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि हातपात भएपछि माइतीघरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा पाटन अस्पताल, वीर अस्पताल लगायत काठमाडौं उपत्यकाका डाक्टरहरू सहभागी छन्।
प्रदर्शनमा सहभागीहरूले ‘अति भीभीआइपी चाहिँदैन, जनता कुट्न पाइँदैन’, ‘बर्दी लगाएका गुण्डा मुर्दावाद, स्वास्थ्यकर्मीमाथि हिंसा बन्द गर’, ‘समानताको लागि गणतन्त्र आएको हो, महारानी बन्नका लागि होइन’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा। जनिथलाल सिंह घाइते भएका थिए यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए।
त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलन गरेका थिए ।सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए।