२०८१ बैशाख १५ , शनिवार

एनआइएमबी एस क्यापिटल लिमिटेडको जेनेरल म्यानेजरमा श्रीसचिन्द्र ढुंगाना

Capture

सुनाखरी न्युज/ काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडलेश्री सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी श्री ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नुहुनेछ ।

द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढ्नुभएका श्री ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आउनुभएको छ । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उहाँले आफ्नो योग्यतालाई अझ बलियो बनाउनु भएको छ ।

लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ श्री ढुंगानाको यो निर्णायक भूमिका सम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित छ । उहाँले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा छ वर्षभन्दा बढी समय बिताउनुभएको थियो । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उहाँले नेपालमा म्युचुअल फण्डको बृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

श्री ढुंगानाले यस बढुवा अगावै नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हाल्नु भएको थियो । उहाँको नेतृत्व र वित्तीय कुशलता उहाँको कार्यकालमा कम्पनीको उपलब्धिहरूमा सहायक बन्न सफल भएको थियो । साथै उहाँले हेड अफ मर्चेन्ट बैंकिङ युनिटको रूपमा पनि काम गर्दा नेपाली पूँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकारको रुपमा सेवा प्रदान गर्नुभएको थियो ।

श्री ढुंगानाको जेनेरल म्यानेजरमा नियुक्ति हुनुले उहाँको असाधारण योगदान, नेतृत्व र वित्तीय उद्योगमा उत्कृष्टताप्रतिको प्रतिबद्धता झल्काउदँछ । उहाँले यस नयाँ भूमिका सम्हाल्दै गर्दा एनआइएमबी एस क्यापिटल लिमिटेड उहाँको बृहत् अनुभव, ज्ञान र समर्पणले कम्पनीको निरन्तर सफलतालाई अगाडि बढाउने कुरामा विश्वस्त छ ।