२०८१ बैशाख २४ , सोमवार

आज सुनचाँदीको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो।

यो सँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो सुनको तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४३० रुपैयाँमै किनबेच भएको थियो।